पोखरा, २९ वैशाख। सलहेस फूलबारी संरक्षण संघर्ष समितिले मधेश प्रदेश सरकारको निर्माणाधीन ‘भीमराव अम्बेडकर पार्क’लाई सलहेस फूलबारी क्षेत्रबाट अन्यत्र स्थानान्तरण गर्न माग गरेको छ। समितिले आइतबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको हो। समितिले अम्बेडकर पार्कलाई फूलबारी क्षेत्रबाहेक अन्यत्र १० कट्ठा जग्गामा बनाउनुपर्ने, त्यहाँ निर्माण हुन लागेको पार्कले सलहेसको पौराणिक महत्वलाई मेटाउन सक्छ भन्दै विरोध जनाएको छ।
समितिले सलहेस फूलबारी क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि विशेष कोष गठन गर्ने र सलहेससँग सम्बन्धित शैक्षिक पाठ्यक्रम पनि समावेश गर्ने माग गरेको छ। यसै गरी, सलहेस जयन्तीलाई सार्वजनिक बिदाका रूपमा घोषणा गर्न र क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्न पनि माग गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































