पोखरा, २९ वैशाख। नेपाली कांग्रेसबाट संसदीय चुनाव लडेका डा. विश्व पौडेललाई सरकार गभर्नर बनाउन लागेको छ। नेपाली कांग्रेसको सिफारिसमा पौडेल गभर्नर बन्न लागेका हुन्। गभर्नर पदको सिफारिस समितिबाट उनको नाम सिफारिस भएपछि पौडेलले राजीनामा दिएका छन्।

पौडेल २०७९ सालमा चितवन–१ बाट संसदीय चुनावमा भाग लिएर रास्वपा उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए। उनले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षको रूपमा पनि काम गरेका छन्। कांग्रेस नेतृ आरजु देउवाका निकट मानिएका पौडेलको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहमति जनाएका छन्।

पौडेलको गभर्नर नियुक्तिको प्रक्रिया गत एक महिनादेखि रिक्त रहेको राष्ट्र बैंक गभर्नरको पदलाई समेटेर तीव्र रूपमा अगाडि बढेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0