पोखरा, २९ वैशाख।
प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति, करुणा र उज्यालोको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो फैलिन सकोस् भन्ने कामना गरेका हुन्।

फेसबुकमा सार्वजनिक सन्देशमा उनले लेखेका छन्, “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध।” उनले बुद्ध जयन्तीले बुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाणको पावन सम्झना गराउने भन्दै यस दिनले सम्यक दृष्टि, विचार र कर्मका मार्गमा हामीलाई अग्रसर गराउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाले नेपाली समाजमा सहिष्णुता, सद्भाव र समृद्धिको आधार निर्माण गर्न सक्ने विश्वास समेत व्यक्त गरे। साथै उनले विश्वमै शान्तिको प्रतीक बनेका गौतम बुद्धको मार्ग अनुसरण गर्दै समृद्ध राष्ट्र निर्माणमा सबै नेपालीले आप्mनो भूमिका निर्वाह गर्नुपर्ने सन्देशसमेत दिएका छन्।

बुद्ध जयन्तीको अवसरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरेको छ भने देशभर शान्तिपूर्ण सभाहरू, ध्यान कार्यक्रमहरू र दीप प्रज्वलनका कार्यक्रमहरू भइरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0