Police and onlookers gather outside the Krishna Pearls building after the fire incident in Hyderabad on May 18, 2025. At least 17 people died after a fire ripped through a building in the Indian city of Hyderabad, local officials said May 18, 2025. The large blaze broke out early May 18 morning in a three-storey building which houses a jewellery store. (Photo by NOAH SEELAM / AFP)

पोखरा, ५ जेठ। भारतको हैदराबादस्थित गुलजार हाउस क्षेत्रमा रहेको भवनमा भएको भीषण आगलागीमा कम्तीमा १७ जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा रहेको कृष्णा पर्ल्स नामक पसल र सोसँगै जोडिएको आवासीय परिसरमा अचानक आगलागी भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार शर्ट सर्किटका कारण आगो लागेको देखिएको छ।

तेलङ्गाना अग्नि विपद् प्रतिक्रिया, आपत्कालीन तथा नागरिक सुरक्षाको टोलीले आगो निभाउन तथा प्रभावित व्यक्तिहरूको उद्धारका लागि अक्सिजन मास्क र श्वासयन्त्रको प्रयोग गरेको थियो। घटनामा ज्यान गुमाउने १७ जनामध्ये आठ जना १० वर्षमुनिका बालबालिका रहेका छन्। आगोका कारण भवनमा व्यापक क्षति पुगेको छ भने उद्धार र राहत कार्य अझै जारी छ।

तेलङ्गानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै पीडित परिवारलाई राहत दिन सम्बन्धित निकायलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। साथै, प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट रु दुई लाखका दरले र घाइतेलाई रु ५० हजारका दरले अनुदान उपलब्ध गराउने घोषणा गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0