पोखरा, १५ फागुन। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालमा १२ दिन बिताएर पुनः काममा फर्किएका छन्। गत ३ गते पोखरा भ्रमण वर्ष २०२५ को घोषणा कार्यक्रममा बेलुनमा आगो लाग्दा मेयर आचार्य घाइते भएका थिए। उनले कर्ताापूर अस्पताल, काठमाडौंमा उपचार गराएका थिए।

मेयर आचार्यले कार्यकममा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र आफैंको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै बताए कि अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अस्पतालमा उपचार गराइरहेका मेयर आचार्यले जलनका कारण हुनसक्ने साइड इफेक्टका विषयमा डाक्टरले विशेष सावधानी अपनाउन सुझाव दिएको बताए। उनले कम्तिमा ६ महिना प्रत्यक्ष घामको सम्पर्कमा नजान, भिडभाडमा नजाने र दूरी कायम गर्नका साथै नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकताको जानकारी गराए।

May be an image of 5 people, people standing, suit, umbrella and text

मेयर आचार्यले पोखरा महानगरपालिकाको समृद्धि, सबल अर्थतन्त्र र पूर्वाधारको लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले पोखराको विकासका लागि स्थानीय बासिन्दा र सम्पूर्ण समुदायको साथ, सहयोग र सुझावको आवश्यकता रहेको बताउँदै निरन्तर सहयोगको अपेक्षा गरे।

उनले अस्पतालमा उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा र कीर्तिपुर अस्पताल काठमाडौंका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरे। उनले यो अवसरमा सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, प्रधानन्यायाधिसज्यू, सभामुखज्यू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, राजनीतिक दलका प्रमुख तथा नेतागण, कूटनीतिक नियोगका व्यक्तित्वहरू, पोखरेली जनसमुदाय र स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक महानुभावहरू प्रति पनि हृदयदेखि आभार व्यक्त गरे।

May be an image of 3 people and text

उनले भने, “मैले जलनका कारण हुन सक्ने जोखिम र आवश्यक स्वास्थ्य सावधानी कडाइका साथ पालना गर्नुपर्ने छ। तपाईँहरूको निरन्तर माया, सद्भाव, र साथका लागि पुनः हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु।”

मेयर आचार्यको स्वास्थ्य लाभको खबरले पोखरा नगरको विकास र भविष्यका योजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

May be an image of 5 people, suit and text

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0