पोखरा, ७ चैत्र। गोरखा क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विजयी भएको छ। मंगलबार सम्पन्न मतदानमा कुल ३७० मत खसेको थियो, जसमा अध्यक्ष पदका उम्मेदवार अखिल क्रान्तिकारीका सुलभ अम्गाईं २०९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका रचन परियारले १६१ मत प्राप्त गरे।

सचिव पदमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्माले १९९ मत ल्याएर जित हासिल गरे भने अनेरास्ववियुका राजाराम बोहराले १७१ मत प्राप्त गरे। कोषाध्यक्ष पदमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल २०६ मतसहित निर्वाचित भइन्, भने नेविसंघकी सविना गुरुङ १६४ मत ल्याएर पराजित भइन्।

सदस्य पदमा अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा विजयी भए। गोरखा क्याम्पसमा अनेरास्ववियु–नेविसंघ गठबन्धन र अखिल क्रान्तिकारी–समाजवादी अखिल गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0