पोखरा, २७ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका दुई प्रमुख छिमेकी राष्ट्र भारत र चीनसँग सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेका छन्। जनकपुरमा मंगलबार मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकीसँगको मित्रता कसैले बिगार्न नसक्ने दाबी गरे।

ओलीले छिमेकी सम्बन्धको अर्थ सानातिना समस्या आउनु स्वाभाविक भएको भन्दै ती समस्यालाई छलफलबाट समाधान गर्न सकिने बताए। उनले छिमेकी सम्बन्धलाई गिलास र कप फुटाउने सानातिना घटनासँग तुलना गर्दै गम्भीरतापूर्वक नलिन आग्रह गरे। “छिमेकी भएकाले कहिले काहीँ यस्ता कुरा आउन सक्छन्, तर मित्रता र समझदारी गिलासभन्दा ठूलो हो,” उनले भने।

उनले खुला सिमानाको दुरुपयोग दुवै मुलुकबाट हुन नदिनुपर्ने र यसमा सतर्कता अपनाउनुपर्ने धारणा पनि राखे। भारत र चीनसँगको सम्बन्ध बिग्रिएको भनी फैलाइने हल्लाको खण्डन गर्दै ओलीले दुबै छिमेकीसँगको मित्रता अहिले मजबुत रहेको उल्लेख गरे।

गत शुक्रबार उनले थाइल्यान्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता समेत गरेका थिए, जसलाई पनि आपसी सम्बन्ध सुधारका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0