पोखरा, १० वैशाख। तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र प्रदर्शन कमाण्डर दुर्गा प्रसाईंसहित अन्य पक्राउ परेकाहरूको हिरासत म्याद पुनः थपिएको छ। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई आगामी तीन दिनसम्म हिरासतमै राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

यसअघि २९ चैतमा मिश्रसहितको समूहविरुद्ध १२ दिनको म्याद दिइएको थियो भने २६ चैतमा २० जनाविरुद्ध १५ दिनको म्याद थप गरिएको थियो। प्रसाईंलाई भने उनीहरूसँग म्याद मिलान गर्न १२ दिनको छुट्टै म्याद दिइएको थियो। अदालतको पछिल्लो आदेशअनुसार अब उनीहरूलाई ३ दिन थप हिरासतमा राखेर अनुसन्धान गरिनेछ।

राजावादी नारा र कार्यक्रमसहितको प्रदर्शनबाट सुरु भएको घटनामा प्रहरीले सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनासम्बन्धी प्रमाण संकलन र थप अनुसन्धानका लागि म्याद आवश्यक रहेको जनाउँदै अदालतमा निवेदन दिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0