पोखरा, २० वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको हकहित सुनिश्चित गर्न अपाङ्गतामैत्री संरचना निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ। शुक्रबार राष्ट्रिय अपाङ्ग महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलमा मुख्यमन्त्री आचार्यले सरकारले बनाउने सबै संरचना अपाङ्गता अनुकूल हुने र पुराना संरचनाहरूको पुनः सुधार गरेर सहज पहुँचको वातावरण तयार पारिने जानकारी दिनुभयो।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई राज्यका सवालको रूपमा लिएको भन्दै अपाङ्गता सम्बन्धी विशेष ऐनको तयारीसमेत भइरहेको जानकारी गराउनुभयो। समाजिक विकास मन्त्रालयलाई ऐनको प्रारूप तयार गर्न निर्देशन दिइसकेको समेत मुख्यमन्त्री आचार्यले बताउनुभयो।

छलफलमा अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न पुनःस्थापना केन्द्रको स्थापना, संरचनाको पहुँचयुक्त निर्माण, सांकेतिक भाषा तालिम सञ्चालनलगायत विषयमा महासंघका अध्यक्ष देविदत्त आचार्यले प्रस्ताव पेश गर्नुभएको थियो। छलफलमा संविधानसभा सदस्य देवराज भार, महासंघका प्रदेश व्यवस्थापक धिरेन्द्र विक, लेखापाल महानन्द पोखरेल र अपाङ्ग अभियानकर्ता सरोजा भण्डारी पनि सहभागी हुनुहुन्थ्यो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0