Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

मंसिर ५, सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले सम्पूर्ण प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न माग गरेका छन्। बुधबार परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरूले उक्त माग प्रस्तुत गरेका हुन्।
विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार तयार गरिने सबै प्रश्नपत्रहरू अब अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्नुपर्ने माग विद्यार्थीहरूको रहेको छ। शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायले भनेका छन्, “हाल विश्वविद्यालयका सबै तह र संकायका प्रश्नपत्रहरू केवल अंग्रेजी भाषामा मात्र आउने गरेका छन्, जबकि सबै विषयको पढाइ नेपालीमै हुँदैछ र उत्तर पनि नेपालीमै लेखिन्छ।”
त्रिभुवन विश्वविद्यालयले पनि दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्ने निर्णय गरेको अवस्थामा, विद्यार्थीहरूले मध्यपश्चिम विश्वविद्यालयमा पनि सोही व्यवस्था लागु गर्न आग्रह गरेका छन्। परीक्षा व्यवस्थापन प्रमुख अधिकारीले विद्यार्थीहरूको मागलाई जायज ठहराउँदै सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




