दाङ, २३ मंसिर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनको प्रक्रिया राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन्।

दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलामा उनले संविधान र कानुनमा सुधार गर्न राजनीतिक स्थायित्वको आधार तयार पार्ने उद्देश्यले दुई ठूला दलको सहकार्य भएको उल्लेख गरे। उनले भने, “राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन।

दुई तिहाइ नपुग्दासम्म संविधान संशोधन अघि बढ्न सक्दैन।” महासचिव पोखरेलले आगामी ८४ को निर्वाचनमा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउन कार्यकर्तालाई सशक्त भएर काम गर्न निर्देशन दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0