पोखरा, ८ पुस । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ थलीबाट भुसाललाई पक्राउ गरेको हो।

भुसालले प्रहरीको सिसिटिभी क्यामरामा सुतिरहेका लामिछानेको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन्। उनले यस विषयमा फेसबुक लाइभमार्फत भनेका थिए, “मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यतिबेला कसैले केही भनेन। गल्ती भयो।”

फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए। गृहमन्त्रीको निर्देशनपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो। कास्की प्रहरीका अनुसार, भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने भएको छ।

यस घटनाले प्रहरीको निगरानीका बारेमा थप प्रश्न उठाएको छ, र यसले साइबर सुरक्षा र व्यक्तिगत गोपनीयतासम्बन्धी कानूनको पालनामा ध्यान केन्द्रित गराएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0