काठमाडौं, १४ पुस। संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आइतबार बसेको समितिको बैठकले नेपालीको नाम अनुमोदन गरेको जानकारी सभापति ईश्वरी न्यौपानेले दिएकी छन्।

गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई श्रीलंकाका लागि राजदूत सिफारिस गरेको थियो। संसदीय समितिबाट अनुमोदन भएपछि अब राष्ट्रपतिले उनलाई औपचारिक रूपमा राजदूतमा नियुक्त गर्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0