काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले विदेशमा उपचार गर्न अस्विकार गरेका छन्। १६ दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका वैद्यले बिदेश जान अस्वीकार गर्दै नेपालमा नै उपचार गर्न चाहेको बताएका छन्।

उनका उपचारमा सहयोगी भूमिका निभाइरहेका नेता हरिभक्त कडेँलका अनुसार, वैद्यले हरेक वर्ष दमको समस्या देखिएपछि विदेश जानका लागि दिइएका सुझावलाई अस्विकार गरेका थिए। कडेँलले भने, “नेपालमा राम्रा र दक्ष चिकित्सकहरू छन्, यसैले विदेश जानु आवश्यक छैन। हामी यहीँ उपचार गरिरहेका छौं।”

दम र निमोनियाका कारण अस्पतालमा भर्ना भएका वैद्यलाई ५ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको कडेँलले जानकारी दिए। उनका अनुसार, उनका स्वास्थ्यमा सुधार भइरहेको छ र ४-५ दिनपछि डिस्चार्ज हुने संभावना छ।

डा. निरज बमको नेतृत्वमा वैद्यको उपचार भइरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0