काठमाडौं, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ।

यो भेटमा दुुई देशका बीचका आपसी सम्बन्ध र परस्पर हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस भेटमा प्रतिनिधिसभाका सदस्य र वरिष्ठ उद्योगपति विनोद चौधरी पनि उपस्थित थिए। विक्रमासिङ्घे, जो प्रधानमन्त्री ओलीका पुराना मित्र हुन्, १३ पुसमा नेपाल आएका थिए र आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0