पोखरा, २८ पुस। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेर छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य १ लाख ५४ हजार १०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। शुक्रबार तोलाको १ हजार ८४५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ। सुनचाँदीको मूल्यवृद्धिले उपभोक्ता र व्यवसायी दुवैलाई असर गर्ने अनुमान गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























