पोखरा, ७ माघ। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। कास्की जिल्ला अदालतमा धरौटीमा रिहा भएका जोशी स्वेच्छिक रूपमा काठमाडौं जिल्ला अदालत पुगेका हुन्।

उनको मुद्दा जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ। इजलासमा जोशीको बयान र थुनछेक बहस हुनेछ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा काठमाडौं अदालतमा दायर मुद्दामा उनीमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ।

यसअघि, जोशीविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति सुद्धिकरणका कसुरमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा ८८ लाख धरौटी बुझाएर रिहा भएका जोशी अहिले थप कानूनी प्रक्रिया सामना गर्न तयार भएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0