पोखरा, १४ माघ । ह्याकरहरूले प्रयोगकर्ताहरूको कम्प्युटरमा अनधिकृत पहुँच गर्न यूएसबी–सी केबलहरूको दुरुपयोग गर्ने नयाँ तरिका पत्ता लगाएको खुलासा भएको छ। यी केबलहरू देख्नमा साधारण जस्तै देखिने भएकाले तिनीहरू पत्ता लगाउन कठिन छ।
सन् २००८ मा पहिलो पटक यस्ता मालिसियस केबलहरू पत्ता लागेका थिए। ती केबलहरू महँगो र दुर्लभ मानिए पनि अहिले “स्पाई केबल्स” को रूपमा खुला बजारमा किन्न सकिन्छ। यद्यपि एक्स–रे वा थ्रीडी सीटी स्क्यानिङ प्रविधिहरूबाट यी खतरायुक्त केबलहरू पत्ता लगाउन सकिने भए पनि साधारण प्रयोगकर्ताहरूको पहुँचमा यस्ता प्रविधि हुँदैन।
यसकारण, अविश्वसनीय स्रोतहरूबाट केबल नकिन्ने, मूल निर्माता द्वारा उत्पादित केबल मात्र प्रयोग गर्ने, र संवेदनशील डाटा ह्यान्डल गर्दा अत्यन्तै सावधानी अपनाउने सिफारिस गरिएको छ। कम्पनीहरू र सरकारी संस्थाहरूले यस्ता खतरायुक्त केबलहरू पत्ता लगाउन विशेष सेवाहरू प्रयोग गर्ने गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।




























