पोखरा, १५ माघ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड भ्याक्सिन नलगाएको कारण सेनाबाट हटाइएका आठ हजार सैनिकलाई पुनः सेवामा फिर्ता गर्ने निर्णय गरेका छन्। सन् २०२१ देखि २०२३ सम्म भ्याक्सिन लिन अस्वीकार गरेका सैनिकलाई हटाइएको थियो।
फ्लोरिडाको मियामीमा रिपब्लिकन सिनेटरहरूलाई सम्बोधन गर्दै ट्रम्पले सेनामा लागू गरिएको डाइभर्सिटी, इक्विलीटी र इन्क्लुजनसम्बन्धी सुविधामा कटौती गरिने पनि बताएका छन्।
उनले अमेरिकामा नौ हजारदेखि १५ हजार तेस्रो लिङ्गी सैनिक रहेका जानकारी दिँदै आप्रवासी व्यवस्थापनलाई सुधार नगरे देशले ठूलो आर्थिक भार सहनुपर्ने चेतावनी दिए।
सन् २०२१ मा राष्ट्रपति जो बाइडेनले सबै सैनिकलाई समान व्यवहार गर्ने नीति लागु गरेका थिए। ट्रम्पको पछिल्लो निर्णयले सेनाको भित्री संरचना र व्यवस्थापनमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























