पोखरा, १५ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि मंगलबार लिग चरणका ४ खेल हुने भएका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिन महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजेबाट महिला तर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल सुरु हुनेछ। दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुप बीच प्रतिस्पर्धा हुनेछ, जुन पौने ११ बजे सुरु हुनेछ।

त्यसपछि, पुरुषतर्फको तेस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबीच पौने १ बजेबाट हुनेछ। चौथो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो पौने ३ बजे सुरु हुनेछ।

आजको खेलमा महिलातर्फ एपिएफले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्यो भने नेपाल पुलिस क्लबले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-१ को सेटमा हरायो। पुरुषतर्फ भारतको सुनिल क्लबलाई ३-१ को सेटमा नेपाल पुलिस क्लबले पराजित गरेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0