पोखरा, २० माघ । इंग्लिस प्रिमियरसिप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फुलहामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै न्यु क्यासललाई २-१ ले पराजित गरेको छ।

खेलको पहिलो हाफमा न्यु क्यासलले अग्रता लिएको थियो। ज्याकोब मर्फीले पहिलो हाफमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। तर, दोस्रो हाफमा फुलहामले शानदार खेल प्रदर्शन गर्‍यो। खेलको ६१ औं मिनेटमा राउल गिमिनेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ८२ औं मिनेटमा रोड्रिगो मुनिजले निर्णायक गोल गर्दै फुलहामलाई महत्वपूर्ण जित दिलाए।

यसैबीच, शनिबारका अन्य खेलहरूमा एभरटनले लिसेस्टरलाई ४-० ले पराजित गर्‍यो। साउथहाम्टनले इप्सविचलाई २-१ को अन्तरले हरायो भने उल्भ्सले अस्टन भिल्लालाई २-० को स्पष्ट जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0