पोखरा, २१ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते क्षेत्रीलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। दुर्घटनामा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते भएका छन्। उनी मृतकका छोरा हुन्।

यसैगरी, टिपरको ठक्करबाट कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेल पनि घाइते भएका छन्। उनको दायाँ हातमा सामान्य चोट लागेको छ र उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ। टिपर चालक ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0