JPG converted with https://ezgif.com/webp-to-jpg

पोखरा, २१ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन्। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार, यो भेटका अवसरमा हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु गरिनेछ।

नेतान्याहुले ट्रम्पसँगको भेटलाई महत्वपूर्ण बताउँदै, यसले मध्यपूर्वका समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। यस अघि, ट्रम्पको दोस्रो कार्यकालको पदभार ग्रहण पछि नेतान्याहु ट्रम्पसँग भेट्ने पहिलो विदेशी नेता भएका छन्।

पहिलो चरणमा प्यालेस्टाइनले ३३ बन्दीलाई र इजरायलको जेलमा रहेका दुई हजार बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो। दोस्रो चरणमा थप बन्दीहरूको रिहाइ र युद्धको पूर्ण अन्त्यका लागि छलफल हुने जानकारी दिइएको छ।

नेतान्याहुले अमेरिका प्रस्थान गर्दा तेल अविव विमानस्थलमा सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया अनुसार, उनले इरानको आतंकवादी गतिविधिका बारेमा ट्रम्पसँग वार्ता गर्ने बताएका छन्, जसले मध्यपूर्वमा तनावको अवस्था बढाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0