पोखरा, २२ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ। आजको दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८० पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा डलरको मूल्यमा वृद्धिपछि विदेशी मुद्रासँग सम्बन्धित बजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

युरोपियन युरोको खरिददर एक सय ४२ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १३ पैसा कायम गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ७१ रुपियाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ४३ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८५ रुपियाँ ४५ पैसा र बिक्रीदर ८६ रुपियाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९४ रुपियाँ ७२ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा कायम भएको छ। सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ र बिक्रीदर नौ रुपियाँ चार पैसा निर्धारण गरिएको छ। चिनियाँ युआनको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा तोकिएको छ। यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा रहेको छ।

थाई भाटको खरिददर चार रुपियाँ नौ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा छ। युएई दिरामको खरिददर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ छ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३१ रुपियाँ ११ पैसा र बिक्रीदर ३१ रुपियाँ २४ पैसा कायम भएको छ।

हङकङ डलरको खरिददर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा छ भने कुवेती दिनारको खरिददर चार सय ५० रुपियाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ। बहराइन दिनारको खरिददर तीन सय ६९ रुपियाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपियाँ ८१ पैसा रहेको छ।

ओमनी रियालको खरिददर तीन सय ६१ रुपियाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ १३ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा परिवर्तन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइटमा हेर्न आग्रह गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0