पोखरा, २४ माघ । बेलायतका राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया बिहीबार पोखरा आएका छन्। पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उनीहरूलाई स्वागत गरेका थिए।

May be an image of 5 people, dais and text

राजकुमार र अधिराजकुमारीलाई स्वागत गरेपछि मेयर आचार्यले आफ्नो सामाजिक सञ्जालमार्फत पोखरावासीले हर्ष र सम्मानका साथ आगन्तुकलाई स्वागत गर्ने उल्लेख गरे। उनले बेलायती राजपरिवारका सदस्यको भ्रमणले नेपाल–बेलायतबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

May be an image of 4 people, dais and text

मेयर आचार्यले राजकुमार र अधिराजकुमारीको पोखरा भ्रमण सुखद, अविस्मरणीय तथा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने अवसरका रूपमा समेत हेरिएको बताए। पोखराको सौन्दर्य र पर्यटन प्रवर्द्धनमा यो भ्रमणले विशेष योगदान दिने विश्वास गरिएको छ।

May be an image of 2 people

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0