पोखरा, २४ माघ । जिल्ला खेलकुद विकास समिति कास्कीले १४ महिनाको अवधिमा १४ लाखभन्दा बढी रकम बचत गर्न सफल भएको जनाएको छ। बिहीबार पोखरामा आयोजित अन्तर्क्रिया कार्यक्रममा समितिले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै २०८०/८१ को आय–व्यय विवरण प्रस्तुत गर्‍यो। अध्यक्ष तोरणबहादुर बानियाँका अनुसार समितिले ५४ लाख ६८ हजार ७३५ आम्दानी गरेको छ भने ४० लाख ४५ हजार ३९६ खर्च गरेको छ।

कार्यक्रममा पोखरा रंगशालाको मर्मत र संरक्षणको विषयलाई चुनौतीपूर्ण भन्दै अध्यक्ष बानियाँले पोखरेलीहरूको गहनाका रूपमा रहेको रंगशालाको संरक्षणका लागि सबै पक्षले चासो देखाउनुपर्ने उल्लेख गरे। सोही अवसरमा खेलकुद क्षेत्रको योगदान दिने विभिन्न संघसंस्थाहरूलाई सम्मान समेत गरियो।

May be an image of ‎1 person, dais and ‎text that says '‎תדדל आणिंक 3BлT‎'‎‎

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले खेलाडी, खेल संघ तथा सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै खेल पूर्वाधार विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल प्रशासन सुदृढीकरणमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी गराए।

उनले खेल क्षेत्र प्रदेशको समृद्धि, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानका लागि महत्त्वपूर्ण रहेको बताउँदै सरकारले खेलकुद क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता जनाए। उनले नीति निर्माण र कार्यान्वयनका लागि स्थानीय तह, खेल संघसंस्था, खेलाडी तथा खेलप्रेमीहरूसँग सहकार्य आवश्यक रहेकोमा जोड दिए।

May be an image of 9 people

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलकुद क्षेत्रलाई पोखराको पर्यटन प्रवर्द्धनसँग जोड्दै खेल गतिविधिमा महानगरको निरन्तर साथ रहने बताए। उनले खेल पर्यटनको माध्यमबाट पोखरालाई अझ आकर्षक गन्तव्य बनाउन आवश्यक कार्यक्रम अघि बढाइने बताए।

May be an image of 4 people, dais and text

कार्यक्रममा खेल क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडी, प्रशिक्षक, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले खेल क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे आफ्ना धारणा राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए। जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङलगायतले मन्तव्य राखेका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0