पोखरा, २७ माघ । पर्यटन राजधानी पोखरामा आज विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदैछन्। आजको १८ औं बिटी कप फुटबल प्रतियोगिता पोखराको पुरानो टुँडिखेल, बगरमा बिहान ८ बजेदेखि खेलिनेछ। नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा बिहान ९ बजे शुरू हुनेछ। त्यस्तै, पूर्ण स्वास्थ्यका लागि स्वजागरण अभियान पोखरा-११ वडा कार्यालयमा बिहान ८ बजे, पोखरा नर्सिङ क्याम्पस, रामघाटमा दिउँसो २ बजे, र विन्ध्यश्वरी मावि, पोखरा १९ तल्लाकोटमा दिउँसो ३ बजे आयोजना हुनेछ।
यसैगरी, २४ औं आहा रारा पोखरा गोल्ड कपको थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लबको प्रतिस्पर्धा पोखरा रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ।
पोखरा महानगरपालिकाले सबै कार्यक्रमहरूको दर्ता र अनुमति लिई मात्र सञ्चालन गर्न अनुरोध गरेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































