पोखरा, २९ माघ । २४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरिएको छ। चर्च ब्वाइजका राज भुषालले खेलको अन्तिम समयमा निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्‍याएका छन्।

पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित समयभरि दुवै टिमले गोल गर्न सकेनन्। खेल अतिरिक्त समयमा जाने संकेत भइरहेका बेला ९० औं मिनेटमा नवीन लामाको कर्नरमा भुषालले हेडमार्फत् सुन्दर गोल गर्दै चर्च ब्वाइजलाई १–० को रोमाञ्चक जित दिलाए।

यो जितसँगै चर्च ब्वाइजले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइजले यसअघि धरानमा सम्पन्न बूढासुब्बा गोल्डकपमा एनआरटीलाई फाइनलमा २–१ गोल अन्तरले पराजित गर्दै उपविजेता बनेको थियो।

चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मी क्लबसँग पराजित हुनुपरेको थियो। तर, यसपटक पुनः आमनेसामने हुँदा टोलीले बदला लिन सफल भयो।

प्रतियोगितामा १२ टिम सहभागी छन्, जसको अन्तिम क्वाटरफाइनल खेल मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0