पोखरा, १ फागुन । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्र डुबानमा परेर काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित भएको छ। बुधबार सडकमा रहेको पाइप फुट्दा अदालत भवन जलमग्न भएपछि भुइँतल्लामा रहेका केही महत्वपूर्ण फाँटहरूमा क्षति पुगेको छ।

अदालत प्रशासनका अनुसार २६, २७, २८ र २९ नम्बर फाँटमा पानी पसेर क्षति पुगेपछि ती फाँटमा चल्ने पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

अदालतको सेवा प्रभावित भएपछि सेवाग्राहीहरू अन्योलमा परेका छन् भने प्रशासनले क्षतिको पूर्ण विवरण संकलन गरी आवश्यक मर्मत कार्य अघि बढाउने जनाएको छ।

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0