पोखरा, ४ फागुन। भारतको राजधानी दिल्लीस्थित नई दिल्ली रेलवे स्टेशनमा भीड नियन्त्रण बाहिर जाँदा भागदौड मच्चिएको छ, जसका कारण १८ जनाले ज्यान गुमाएका छन् भने १० जना घाइते भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेशनमा भागदौड भएको पुष्टि गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। उनले ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार टोलीले घाइतेहरूको उपचारमा ध्यान दिइरहेको जानकारी दिएका छन्।

प्रत्यक्षदर्शीहरूले स्टेशनमा अति भीडभाड रहेको बताएका छन्। मनोरञ्जन झाका अनुसार उनी राति ९:१५ बजे स्टेशनमा पुगेका थिए, जहाँ भीड अत्यधिक थियो। उनका अनुसार मानिसहरू बाहिर निस्कने ठाउँबाट भित्र पसिरहेकाले अवस्था जटिल बनेको थियो। अर्की प्रत्यक्षदर्शी रुबी देवीका अनुसार उनीहरू प्लेटफर्म नम्बर १३ मा थिए, तर अत्यधिक भीडका कारण उनीहरू भित्र छिर्नै सकेनन्।

प्रहरी अधिकारी केपीएस मलहोत्राका अनुसार भागदौड करिब १० देखि १५ मिनेटसम्म जारी रह्यो, जसले स्थिति नियन्त्रणबाहिर गयो। बीबीसीका अनुसार भारतीय रेलवेले सुरुमा घटनालाई अफवाह भने पनि पछि कैयौं घाइतेहरूलाई अस्पताल पुर्‍याइएको पुष्टि गरेको छ।

यस घटनाको केही साताअघि प्रयागराजमा चलिरहेको कुम्भमेलामा पनि भागदौड मच्चिँदा दर्जनौँ मानिसको ज्यान गएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0