पोखरा, ७ फागुन। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले भारतको ओडिसामा अलपत्र परेका नेपाली विद्यार्थीहरूको उद्दार गर्न सरकारलाई आग्रह गरेका छन्। उनले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न तनाव र नेपाली विद्यार्थीहरूप्रति गरिएको व्यवहारप्रति सरकार मौन रहेको प्रति गम्भीर आपत्ति जनाएका छन्।
मंगलबार उनले सामाजिक सञ्जालमा सरकारलाई उडानको व्यवस्था गर्दै चारवटा विमान ल्याएर विद्यार्थीलाई उद्दार गर्न निर्देशन दिएका छन्। उनले भनेका छन्, “सरकार!!! चारवटा जहाज लिएर ओडिसाबाट विद्यार्थी लिएर आउन! कसले रोकेको छ? तब विश्वविद्यालयसँग कुरा हुन्छ! तिमी छौ भन्ने परिचय दिनुहोस् सरकार!” भण्डारीको यो अभिव्यक्तिले विद्यार्थीहरूको सुरक्षाप्रति सरकारको चासो र जिम्मेवारीको आवश्यकता औंल्याएको छ।




























