पोखरा, ८ फागुन। पशुपति क्षेत्र विकास कोषले आउने १४ फागुनमा पर्ने महाशिवरात्रिका अवसरमा निःशुल्क सेवा दिन चाहने व्यक्ति तथा संस्थाहरूका लागि निवेदन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै कोषले स्वयंसेवा, चिया, पानी, भोजन वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले निवेदन दिन सक्ने जनाएको छ।
शिवरात्रिमा लाखौं भक्तजनको घुइँचो लाग्ने भएकाले धार्मिक स्थलमा सहज सेवा प्रदान गर्न कोषले विशेष व्यवस्था गर्ने तयारी गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाहरूले ११ फागुनभित्र निवेदन पेश गर्नुपर्नेछ।
शिवरात्रिका दिन मात्र निःशुल्क सेवाको अनुमति दिइएको र व्यवसायिक रूपमा शुल्क लिई भोजन तथा चिया वितरण गर्न नपाइने कोषले स्पष्ट पारेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























