पोखरा, ९ फागुन। पोखरा भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भएपछि पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार रिहा गर्ने आदेश दिएको छ।

फागुन ३ गते आयोजित उद्घाटन कार्यक्रममा भएको विस्फोटका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। विस्फोटपछि मेयर आचार्यको गाला र देब्रे हातमा गहिरो जलन भएको छ भने मन्त्री पौडेलको दुवै हात र अनुहारमा घाउ लागेको थियो। उनीहरूलाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको थियो।

कमलेश कुमारलाई फागुन ६ गते पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनले बिना कुनै आधिकारिक अनुमति हाइड्रोजन ग्यास उत्पादन गरी बेलुनमा भरेको खुलासा भएको छ। उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0