पोखरा, १५ फागुन। नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सरकारको ग्रिन इनर्जीलाई दिइएको उच्च प्राथमिकतामा उपेक्षा गरिएको जनाएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नाडाले सो कुरा उल्लेख गरेको हो।

नाडाले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ कि सरकारले विद्युतीय सवारी साधनहरूलाई विशेष सुविधा प्रदान गर्दै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरिसकेको छ। तर, वर्तमान मौद्रिक नीतिले यस नीतिलाई उपेक्षा गरेको छ। राष्ट्र बैंकले विद्युतीय सवारी साधनहरूको प्रयोगमा कमी आउने संकेत गर्दै ८० प्रतिशतको ऋण मूल्य अनुपात कायम राख्न माग गरेको छ।

नाडाले भनेको छ कि सरकारको नीतिको पालना गर्न र विद्युतीय सवारी साधनको लगानी सुरक्षित बनाउन ऋण मूल्य अनुपात ८० प्रतिशत कायम राख्नका लागि अनुरोध गरिएको छ। यसैबीच, नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको ऋण मूल्य अनुपात ६० प्रतिशतमा ल्याएकोमा प्रशंसा गरेको छ, तर आफूहरूको माग भने ७५ प्रतिशत रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0