पोखरा, १७ फागुन। सामसङले आफ्नो एम–सिरिज अन्तर्गतका नयाँ स्मार्टफोन ग्यालेक्सी एम०६ फाइभजी र ग्यालेक्सी एम१६ फाइभजी भारतमा सार्वजनिक गरेको छ। यी नयाँ स्मार्टफोनहरू सामसङको ग्यालेक्सी ए र एफ–सिरिजकै रिब्याज गरिएका संस्करणहरू भएको बताइएको छ।

ग्यालेक्सी एम१६ फाइभजीमा ६.७ इन्चको एफएचडी+ ९० हर्ज रिफ्रेस रेट भएको एएमओएलईडी डिस्प्ले, डायमेन्सिटी ६३०० चिपसेट, र २५वाटको वायर्ड चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ। यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र २ मेगापिक्सेलको म्याक्रो सेन्सर राखिएको छ। सामसङले यसलाई एन्ड्रोइड १५ मा आधारित वानयूआई ७ का साथ सार्वजनिक गरेको छ, जसमा ६ ओएस अपडेट र ६ वर्षसम्मको सुरक्षा प्याच उपलब्ध गराइनेछ। फोन तीन रंग: ब्लस पिङ्क, मिन्ट ग्रीन र थन्डर ब्ल्याकमा उपलब्ध हुनेछ। यसको प्रारम्भिक मूल्य ११,४९९ भारतीय रुपैयाँ तोकिएको छ भने बिक्री मार्च ५ देखि सुरु हुने बताइएको छ।

यसैगरी, ग्यालेक्सी एम०६ फाइभजी ग्यालेक्सी एफ०६ फाइभजीको पुनः ब्रान्ड गरिएको संस्करण हो। यो स्मार्टफोन ६ जीबी र्याम र १२८ जीबीसम्मको स्टोरेजमा उपलब्ध हुनेछ। एम०६ मा एन्ड्रोइड १५ मा आधारित वानयूआई कोर ७.० दिइएको छ। सामसङले यस मोडेललाई ४ ओएस अपग्रेड र ४ वर्षसम्मको सुरक्षा अपडेट प्रदान गर्ने घोषणा गरेको छ। ग्यालेक्सी एम०६ फाइभजी सेज ग्रीन र ब्ल्याजिङ ब्ल्याक रङमा उपलब्ध हुनेछ। यसको प्रारम्भिक मूल्य ९,४९९ भारतीय रुपैयाँ तोकिएको छ भने बिक्री मार्च ७ बाट सुरु हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0