पोखरा, २० फागुन। बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीच सम्बन्ध बिग्रिएको समाचार भाइरल भएपछि उनीहरूले सम्बन्ध राम्रो रहेको दाबी गरेका छन्। सुनिताले लामो समयदेखि अलग बसेको बताए पनि सम्बन्ध विच्छेद नभएको स्पष्ट पारेकी छन्।
सुनिताले गोविन्दा राजनीतिमा प्रवेश गर्दा छोरी हुर्किरहेको र कार्यकर्ताहरू घरमा आउँदा आराम गर्न गाह्रो भएपछि सल्लाहले नै केही समय अलग बसेको बताएकी छन्। अभिनेता गोविन्दाले पनि ३७ वर्ष पुरानो सम्बन्ध यस्तो हल्लाले नटुट्ने बताएका छन्।
गोविन्दा र सुनिताले विवाह गरेको ३७ वर्ष भयो। गोविन्दा बलिउडमा संघर्ष गर्दा सुनिताले ठूलो साथ दिएकी थिइन्। उनीहरूका यशवर्धन र टीना आहुजा गरी एक छोरा र एक छोरी छन्। बुबा आमाको सम्बन्ध विच्छेद हुन लागेको समाचारले छोरा छोरी पनि तनावमा छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























