पोखरा, २१ फागुन। नेपाल एलपी ग्यास उद्योग सङ्घ र सरकारबीच पाँच बुँदे सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको मूल्य प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति जुटेपछि आन्दोलन अन्त्य भएको हो।
सहमति अनुसार नेपाल आयल निगम सञ्चालक समितिको निर्णयअनुसार ग्यास उद्योगको ढुवानी भाडा तथा सञ्चालन खर्च समायोजन गर्दै मूल्य वृद्धि गरिएको हो। यससँगै अब उपभोक्ताले प्रतिसिलिन्डर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा तिर्नुपर्नेछ। वार्तामा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायत सरकारी प्रतिनिधि र उद्योगी सहभागी थिए।
यस सहमतिपछि ग्यास आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























