पोखरा, २३ फागुन। आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा भारतका प्रसिद्ध कथा वाचक अनिरुद्धाआचार्य जी महाराज सहभागी हुने भएका छन्। उनले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दै भक्तजनहरूलाई यस पवित्र यज्ञमा सहभागी हुन आग्रह गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुन लागेको गण्डकी गायत्री कोटिहोम महायज्ञमा थुप्रै सन्त-महात्मा तथा तपस्वीहरू उपस्थित हुने जानकारी गराएका छन्। उनले यस महायज्ञलाई विश्वशान्तिको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै भक्तजनहरूलाई आध्यात्मिक लाभ लिन आह्वान गरेका छन्।

गत श्रावण महिनामा पशुपति क्षेत्रमा सम्पन्न कोटिहोम महायज्ञमा सहभागी भइसकेका अनिरुद्धाआचार्यले त्यहाँ भक्तजनहरूको अपार माया प्राप्त गरेको अनुभव सुनाउँदै आगामी मे २० तारिखका दिन नयाँ वर्षको अवसरमा पुनः पोखरा आउने जनाएका छन्।

यस विराट महायज्ञको आयोजना मानव सेवा फाउण्डेसनले विश्वशान्तिको उद्देश्यसहित गरिरहेको हो। महायज्ञमा सहभागी भई पुण्य आर्जन गर्न उनले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आमन्त्रण गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0