पोखरा, २५ फागुन। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत खेलहरू लुम्बिनीका तीन विभिन्न स्थानमा सञ्चालन हुँदै छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरेको हो। खेलहरू दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमाको एक्स्ट्राटेक ओभल मैदानमा खेलाइँदै छन्।

प्रतियोगितामा सातै प्रदेशका टोलीसँगै तीन विभागीय टोलीको सहभागिता रहेको छ। उद्घाटन दिनमै तीन खेल हुँदै छन्। सिद्धार्थ रंगशालामा कोशी र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल मैदानमा बागमती र एपीएफ तथा देउखुरी मैदानमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका सबै खेल बिहान ९ बजे सुरु हुनेछन्। गत संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। यस वर्षको प्रतियोगिताले युवा खेलाडीहरूलाई अवसर दिने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0