पोखरा, ४ चैत्र। चलचित्र ‘डोरी’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। ट्रेलरमा अधिकांश पात्रहरूको प्रस्तुत गरिएको छ र चलचित्रको शीर्षक वरपरको घटनाक्रमलाई दर्शाइएको छ।

‘डोरी’ चलचित्रका कथानकमा शक्ति रहेको डोरीलाई खोज्दै आउने घटनाहरू र त्यसमा देखिने थ्रिल तथा हरर दृश्यहरू प्रमुख आकर्षण रहेका छन्।

यो चलचित्रको लेखन र निर्देशन अरुण लामाले गरेका हुन्, जसले चलचित्रमा प्रमुख भूमिका पनि निभाएका छन्। अन्य कलाकारहरूमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, र वीरेन्द्र सिंह कुशवाहा प्रमुख भूमिकामा देखिने छन्।

‘डोरी’ चलचित्र चैत १५ गते रिलिज हुने छ। यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0