पोखरा, ४ चैत्र। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी असारसम्म एक लाख भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने योजना अघि सारिएको बताएका छन्। आइतबार चितवनबाट लालपुर्जा वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा बसोबास गर्दै आएका २५३ भूमिहीन दलित र सुकुम्बासी परिवारलाई मन्त्री अधिकारीले लालपुर्जा वितरण गरे। सो अवसरमा उनले भूमि समस्याको दीर्घकालीन समाधानका लागि सरकारले नयाँ कानुन ल्याउने जानकारी दिए। उनले गौचरन, चिहानडाँडा, वन क्षेत्र, मध्यवर्ती क्षेत्र तथा नुन खर्कजस्ता स्थानहरूमा देखिएको समस्या समाधानका लागि कानुनी उपाय खोजिँदै गरेको बताए।

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले नागरिकलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै भूमिहीनहरूको अधिकार सुनिश्चित गरिने आश्वासन दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0