पोखरा, १५ चैत्र। बार्सिलोनाले स्पानिस ला लिगामा गएराती ओसासुनालाई ३-० ले हराएर शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। यो जितपछि बार्सिलोना २८ खेलबाट ६३ अंकको साथ दोस्रो स्थानमा रहेको रियल मड्रिडमाथि ३ अंकको अग्रता बनाएको हो।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेस, डानी ओल्मो र रोवर्ट लेवान्डोस्कीले गोल गरेका थिए। खेलको ११औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि २१औं मिनेटमा डानी ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गर्यो।

७७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जितको सुनिश्चितता गरे। बार्सिलोनाले यो जितसँगै रियल मड्रिडलाई ३ अंकले पछि पार्दै ६३ अंकको साथ शीर्ष स्थानमा पुगेको हो।

रियल मड्रिड २८ खेलबाट ६० अंकसहित दोस्रो स्थानमा रहेको छ भने एट्लेटिको मड्रिड ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0