पोखरा, १५ चैत्र। माध्यमिक शिक्षा परीक्षा (एसईई) ७ चैतदेखि सञ्चालन भएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अन्य कक्षाको वार्षिक परीक्षा पनि चलिरहेको छ। यो महिना शैक्षिक सत्रको अन्तिम महिना भएकोले सबै कक्षाका वार्षिक परीक्षा र नतिजा सार्वजनिक हुने समय हो।

तर, विभिन्न समूहहरुले आन्दोलन घोषणा गरेपछि विद्यार्थीको परीक्षामा असर पर्ने सम्भावना रहेकोले अभिभावक चिन्तित भएका छन्। अहिले विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् र आन्दोलनले परीक्षा प्रभावित गर्ने सम्भावना छ। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “विद्यार्थीको भविष्य बनाउन यो समय हो, परीक्षा छुटेमा एक वर्ष लस हुनेछ।”

मन्त्रालयले विद्यार्थीको परीक्षा प्रभावित नगर्नका लागि कुनै गतिविधि नगर्न अनुरोध गरेको छ। काठमाडौंमा गणतन्त्रवादी र राजतन्त्रवादीका छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ भने केही विद्यालयले प्रदर्शनका कारण दिउँसोको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

सरकारले परीक्षाको सुरक्षाको लागि व्यवस्था मिलाएको जानकारी दिएका छन्। शिक्षा मन्त्री विद्या भट्टराईले गृह मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर सुरक्षा व्यवस्था गरेको बताइन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0