पोखरा, १५ चैत्र। एक सातामा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार, अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रति तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च रेकर्ड हो। यसअघि चैत ७ गते पनि १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको थियो।
त्यस्तै, चाँदीको भाउमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























