१५ चैत, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलहरूको माग अनुसार संसदमा जवाफका लागि तयार भएका छैनन्। सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार प्रधानमन्त्रीले जवाफ दिने सूचना अहिलेसम्म उपलब्ध गराएका छैनन्। उनका सचिवालयले स्पष्ट पारेको छ, “अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन।”

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन्। विपक्षी दलहरूको अडान छ कि, जबसम्म प्रधानमन्त्री जवाफ दिँदैनन्, तबसम्म सदन चल्न नदिने हो।

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले पहल गर्न जारी राखेका छन्। उनले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्, जसमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, एमालेका कुख्य सचेतक महेश बर्तौला, कांग्रेसकी सचेतक शुशिला थिङ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत सहभागी रहेका छन्।

कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री ओली जवाफ दिन तयार नहुँदा केही दिनदेखि संसदको कामकारबाही प्रभावित भइरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0