काठमाडौं, १५ चैत। काठमाडौंको तीनकुने क्षेत्रमा आज राजावादीहरूको कार्यक्रम तनावपूर्ण ढंगले बिथोलिएको छ। प्रहरीले प्रदर्शनकारीहरूलाई रोकेपछि अश्रुग्यास प्रहार गरेपछि कार्यक्रम स्थलमा हलचल मच्चिएको हो।
सभाका लागि विभिन्न स्थानबाट राजावादी समर्थकहरू तिनकुनेमा भेला हुन आएका थिए। प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गरिदिएको थियो। जब प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्न खोजे, प्रहरीलाई बल प्रयोग गर्नुपर्ने स्थिति आएको थियो।
कार्यक्रम स्थलमा तनाव सिर्जना भएपछि राजावादी नेता र समर्थकहरूले कार्यक्रम स्थगित गर्दै भागेका छन्। यसपछि प्रदर्शनकारीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























