काठमाडौं, १५ चैत। काठमाडौंको तीनकुनेमा आज राजावादीहरूको प्रदर्शन बिथोलिएको छ। सभा स्थलमा प्रदर्शनकारीहरूको ठूलो संख्या जम्मा भएको थियो, तर प्रहरीले प्रदर्शनको क्रममा बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बन्यो।

प्रदर्शनकारीहरूले बानेश्वरतर्फ जाने सडकमा जाने प्रयास गरेका थिए, तर प्रहरीले सुरक्षा कारणले उक्त सडक बन्द गरिदिएको थियो। प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको र पछि बल प्रयोग गरेको जानकारी प्राप्त भएको छ।

कार्यक्रम सुरु हुनु अघि नै तनावको स्थिति पैदा भएपछि नेताहरू कार्यक्रमस्थलबाट बाहिरिएका छन्। प्रदर्शनकारीहरूले प्रहरीको बल प्रयोगको विरोध गर्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0