पोखरा, ३ वैशाख। पोखरा महानगरपालिका–१७ विरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ अन्तर्गत बाल विदुषी अनुराधा पाण्डेयको श्रीमद्भागवत कथा प्रवचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

महायज्ञको पूर्वसन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रमहरू अन्तर्गत सुरु भएको संगीतात्मक भागवत कथामा सहभागी भक्तजनहरूको संख्या दिनप्रतिदिन बढ्दो छ। कथा सुरु भएको दोस्रो दिनमै हजारौं श्रद्धालुहरूको उपस्थिति रहेको आयोजक मानव सेवा फाउण्डेशन नेपाल कास्की शाखाले जानकारी दिएको छ।

बाल भागवत वाचिका अनुराधा पाण्डेयले शुक्रबारदेखि कथा प्रवचन प्रारम्भ गरेकी हुन् भने उनले वैशाख ५ गतेसम्म नियमित रूपमा प्रवचन गर्ने कार्यक्रम रहेको छ। भक्तजनहरूका लागि प्रगतीटोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि तयार गरिएको विशेष पण्डालमै कथा प्रवचन लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

https://www.facebook.com/reel/9556338974433332

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0