पोखरा, ९ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आफू निरन्तर सक्रिय रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच एकताको प्रयासमा आफू थाकेका नरहेको बताए।

उनले नेपाली मौलिकताको आधारमा पार्टी एकतालाई सुदृढ गर्ने प्रयास भइरहेको उल्लेख गर्दै विगतमा एमालेसँग गरिएकोजस्तो सिद्धान्तविहीन एकता अब दोहोरिन नदिने स्पष्ट पारे। अवसरवाद, व्यक्तिवाद र बुर्जुवा चिन्तनका कारण विगतको एकता असफल भएको भन्दै त्यसबाट पाठ सिकिएको उनले बताए।

प्रचण्डले समाजवादी मोर्चामार्फत कम्युनिस्ट एकताको अभियान जारी रहेको उल्लेख गरे। उनले माओवादीकै नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भइसकेको र अबको समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने दाबी गरे। जनतासँग पुनः जोडिएर पार्टीलाई नयाँ ऊर्जामा अगाडि बढाउने उद्देश्य रहेको उनको भनाइ थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0