पोखरा, १० वैशाख। कोशी प्रदेश सरकारमा सहभागी सत्तारुढ नेपाली कांग्रेसले सरकारको कामप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार बसेको कोशी प्रदेश संसदीय दलको बैठकमा सरकारको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको निष्कर्ष निकालिएको छ। बैठकमा प्रमुख सचेतक गोपाल तामाङले वर्तमान सरकार जनअपेक्षा अनुसार द्रुत र प्रभावकारी काम गर्न नसकेको भन्दै सांसदहरूबाट आलोचना भएको जानकारी दिए।

बैठकमा सरकारमा रहेका दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेबीच समन्वयको अभाव रहेको र निर्णय प्रक्रियामा ढिलासुस्ती भएको विषय उठाइएको थियो। पर्यटन वर्ष उद्घाटन कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले बजेट व्यवस्थापन, योजना समावेश र कार्यान्वयनमा कमजोरी देखिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

सांसदहरूले पूर्वमन्त्री प्रदीप सुनुवारमार्फत मनमोहन विश्वविद्यालयलाई प्राथमिकतामा राख्दा शैलजा आचार्य हृदय रोग केन्द्र उपेक्षित भएकोप्रति पनि प्रश्न उठाएका थिए। बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयारीसम्बन्धी सुझाव संकलन गर्न प्रमुख सचेतक तामाङको नेतृत्वमा समिति गठन गरिएको छ। सचिवहरूसँग बैठक गरी अड्चन फुकाउने र कानूनी व्यवस्थापन तुरुन्त गर्न सुझाव दिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0